नवौं राष्ट्रिय खेलकुद : जयरानीले जितिन् पाँचौं स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : जयरानीले जितिन् पाँचौं स्वर्ण

पोखरा। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीकी जयरानी थारूले  पाँचौं स्वर्ण जितेकी छिन् ।

उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाएकी छिन् ।

जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीको टिमले ४ मिनेट ०२.७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत पदक जितेको छ । सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, सम्मिलित बागमती प्रदेशले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कांस्य जितेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved