एक घण्टामा सबैभन्दा धेरै कप चिया बनाएर विश्व रेकर्ड कायम

नेपालभ्युज

एक घण्टामा सबैभन्दा धेरै कप चिया बनाएर विश्व रेकर्ड कायम

दक्षिण अफ्रिका। मान्छेका इच्छा र क्षमता अनेक अनेकका हुन्छन । आफूसँग भएको इच्छा र क्षमतालाई धेरैले दुनियासामु देखाउन चाहन्नन् ।  तर कतिपयलाई आफ्नो अद्भुत क्षमता विश्वका थुप्रै मानिसलाई देखाउने वा सुनाउने रहर लाग्छ ।

त्यस्ता व्यक्तिकै लागि गिनिज बुक अफ वर्ल्ड रेकर्ड नामक संस्था रहेको छ । यो संस्थाले अनेक अनेक विषयमा रेकर्ड बनाउनेहरुलाई प्रमाणपत्र दिन्छ । हालै यस्तै एक अनौठो रेकर्डलाई उसले प्रमाणपत्र दिएको छ ।

दक्षिण अफ्रिकाकी एक महिलाले एक घण्टामा सबैभन्दा धेरै चिया बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएकी छिन्। गिनिज वर्ल्ड रेकर्डको वेबसाइटका अनुसार दक्षिण अफ्रिकाकी इन्गर भ्यालेन्टाइनले यो कीर्तिमान आफ्नो नाममा बनाएकी छिन् । इन्गारले एक घण्टामा २ सय ४९ कप रुइबोस चिया बनाएर सबैलाई चकित पारिन । फरक फरक भाँडोमा रहेको दुध, चिनी र चियालाई मिलाएर एक घन्टामा २ सय ४९ कप चिया बनाउने काम चानचुने नभएको गिनिज बुक वर्ल्ड रेकर्डले जनाएको छ ।

सन् २०१८ मा दक्षिण अफ्रिकाको रिहायशी  सहरमा आगलागिका कारण ठूलो क्षति भएको थियो । पर्यटकीय क्षेत्र रिहायशी सहरमा आगलागिपछि पर्यटक पुग्नै छाडे । सहरलाई पुन चलायमान बनाउन र प्रचार प्रसार गर्न इन्गरले एक घन्टामा सबैभन्दा धेरै कप चिया बनाएर रेकर्ड बनाएर प्रचार गरेको बताएकी छिन् ।  अन्तत विश्व कीर्तिमान बनाउने इन्गरको प्रयास सार्थक भएको छ । उनले अब आफ्नो सहरको समेत प्रचार हुने बताएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved