काठमाडौं। प्रभु बैंक लिमिटेड र न्युरोड, पोखरास्थित बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रा.लिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख श्री अर्जुन शर्मा र बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रा.लिका तर्फबाट निर्देशक श्री गोविन्द बहादुर घर्ती मगरद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त रेस्टुरेण्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रा.लि द्वारा सञ्चालित “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उक्त सम्झौताअन्तर्गत बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रा.लि का उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
Facebook Comment
Comment