कालिकोट पहिरो : थप दुई जनाको शव भेटियो, १७ जना अझै बेपत्ता

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको बताए। तिला नदीले उनीहरुलाई बगाएको अनुमान गरिएको छ। 

नेपालभ्युज

कालिकोट पहिरो : थप दुई जनाको शव भेटियो, १७ जना अझै बेपत्ता
फाइल तश्वीर

काठमाडौं।  कालीकोटमा पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको छ। आइतवार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका वडा नम्बर ७ वालीका धुर्वराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको हो।

विष्टको परिवारका पाँच जना पहिरोमा हराएका थिए। अब विष्टकी श्रीमती ममतको खोजी भइरहेको छ। बिहीबार प्रहरीले धुर्वराज बिष्ट र उनकी छोरी ज्यानी बिष्टको शव भेटेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले विष्ट परिवारका चार जनाको शव भेटिएको जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको बताए। तिला नदीले उनीहरुलाई बगाएको अनुमान गरिएको छ।

                                                                                                                                                                                                        -गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved