रुपन्देहीमा गठबन्धनले बुझायो आयोगलाई ज्ञापनपत्र, निर्वाचन अधिकृत परिवर्तन गर्न माग

नेपालभ्युज

रुपन्देहीमा गठबन्धनले बुझायो आयोगलाई  ज्ञापनपत्र, निर्वाचन अधिकृत परिवर्तन गर्न  माग

काठमाडौं । रुपन्देहीमा सत्तारुढ गठबन्धनले मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ  । रुपन्देही- २ का निर्वाचन अधिकृत उदवीर नेपालीलाई परिवर्तन गर्न माग गर्दे बुधबार   गठबन्धनले आयोगलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेका क्षेत्र नम्बर २ का सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाएर उनको स्थानमा अन्य निर्वाचन अधिकृत खटाउन माग गरेका छन् ।

उक्त क्षेत्रका निर्वाचन अधिकृत नेपालीले राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको सत्ता गठबन्धन पक्षले  आरोप लगाएको  छ । गठबन्धनले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदा समेत उक्त पत्रको बेवास्ता गरी रुपन्देही- २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्द गरिएको बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved