हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

नेपालभ्युज

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

हुम्ला।  हुम्लाको चखेली गाउँपालिका–६ स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलका अनुसार पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको हो ।

५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डीआइजी पोखरेलले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved