कालिकोटमा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता (अपडेट)

नेपालभ्युज

कालिकोटमा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता (अपडेट)

काठमाडौं। कालिकोटमा आइतबार मलामी गएका १३ जना पहिरोमा परी बेपत्ता भएका छन्। आइतबार दिउँसो तिलागुफा गाउँपालिका-४ राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जना बेपत्ता भएका हुन्।

तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना बेपत्ता भएको पुष्टी भएको छ। शाहीले उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए।

उपमेयर शाहीका अनुसार मलामी गएका वडा नम्बर ४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएका छन्। स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ६० जना तिला नदीको घाटमा मलामी गएका थिए। कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले अहिले प्रहरी घटनास्थल पुगेको बताए।

प्रहरीका अनुसार बेपत्ता हुनेमा मृतकका बुबा ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन्। बेपत्ता हुनेहरु मृतकका नजिकका आफन्त र नातागोताका बढी छन्।

प्रहरीका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन्। बेपत्ता हुनेहरु मृतकका नजिकका आफन्त र नातागोताका बढी छन्।

राँचुली गाउँमा पुनः पहिरोको जोखिम बढेपछि त्यहाँका २०४ घर खाली गराइएको उपमेयर शाहीले बताए। अझै ठूलो पहिरोको जोखिम बढेको कारण राँचुली गाउँ खाली गराएर २०४ घरका बासिन्दालाई स्थानीय कालिका माविको प्राङ्गणमा सेल्टर दिएर राखिएको छ। अहिले त्यहाँ उद्धारको काम भइरहेको उपमेयर शाहीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved