जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुग्यो, बाढीले बगाएर २ बेपत्ता

जुम्लामा पहिरोले पुरेर मृत्यु हुनेको संख्या सात पुगेको छ । कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले पुरिएको हो ।

नेपालभ्युज

जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ७ पुग्यो, बाढीले बगाएर २ बेपत्ता

काठमाडौं । जुम्लामा पहिरोले पुरेर मृत्यु हुनेको संख्या सात पुगेको छ । कनकासुन्दरी गाउँपालिका ५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले पुरिएको हो ।

पहिरोमा पुरिएर ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेशका  ८ वर्षीय छोरा अनमोल, छोरी मिलन, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् ।
हिमा गाउँपालिकामा बाढिले बगाएर आमा-छोरा बेपत्ता भएका छन् । जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीय सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved