अफगानिस्तानमा गृहमन्त्रालय नजिकै बम विष्फोट, दुई जनाको मृत्यु

नेपालभ्युज

अफगानिस्तानमा गृहमन्त्रालय नजिकै बम विष्फोट, दुई जनाको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलमा रहेको गृह मन्त्रालयको परिसर नजिक रहेको मस्जिदमा विस्फोट भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

सरकारले विस्फोटको कारण भने खुलाएको छैन । तर पछिल्ला महिनाहरूमा चरमपन्थीहरूद्वारा धेरै आक्रमणहरू भएका छन्। मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकोरले मन्त्रालयका कर्मचारीहरू पनि मस्जिदमा जाने गरेको  र उनिहरुलाई नै लक्षित गरेको हुन सक्ने बताएका छन् ।

गृह मन्त्रालयको कम्प्लेक्स काबुल एयरपोर्ट नजिकैको सुरक्षित क्षेत्रमा बनाइएको छ । तालिबानले सन् २०२१ मा सत्ता हातमा लिएपछि अफगानिस्तानलाई सुरक्षित गरेको बताउँदै आएका छन् तर धेरै विष्फोटहरूले सहरहरूलाई समस्यामा पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved