नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। दशैँलगत्तै सुरु हुने प्रतियोगिता भव्य बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लागिपरेको छ।

राखेपले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी लगायत ९ हजार जनाको बीमा गर्ने भएको छ। गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगितामा बीमित खेलाडीको संख्या ६ हजार छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी लगायत रहेको नवौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालयका प्रमुख फणिन्द्र पौडेलले जनाए।

बीमाको अवधि १ महिना रहेको छ। प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको छ। नवौँ राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने छ।

सम्झौता अनुसार नेपाल टेलिभिजनले नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाइनल देखिको प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्ने छ भने ३६ वटै खेलको हाइलाईट्स र प्रोमो प्रसारण गर्ने सहमति भएको छ।

यस्तै विभिन्न खेलको लाईभ स्कोर अपडेट, खेल स्थल, समय, तालिका, पूर्व प्रतियोगिताको इतिहास र पदकधारी खेलाडीको जानकारी राखेपको औपचारिक मोबाइल एप्लिकेसनमा उपलब्ध गराइएको छ।

यो एप बनाउन राखेपलाई ५ महिनाको समय लागेको हो। राखेपले प्रतियोगिता लगत्तै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि बन्द प्रशिक्षण सुरु गर्ने योजना पनि बनाएको छ। ३६५ दिन नै खेलाडीलाई व्यस्त बनाउने गरी काम अघि बढाएको राखेपले जनाएको छ। 

विभिन्न संघलाई प्रतियोगिता सञ्चालनको लागि सुझाव अनुकुल सहज वातावरण, बजेट तथा खेल सामग्री प्रदान गर्न पनि राखेप सकारात्मक रुपले अघि बढिरहेको सदस्यसचिव टंकलाल घिसिङले बताए। नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved