अनलाइन सपिङमा ल्यापटप अर्डर गर्दा घरमा साबुन आएपछि….

नेपालभ्युज

अनलाइन सपिङमा ल्यापटप अर्डर गर्दा घरमा साबुन आएपछि….

अमदावाद। हिजोआज अनलाइन सपिङ खुबै चलेको छ । नुनदेखि सुनसम्म अनलाइन डेलिभरीमार्फत घरमै आइपुग्छ । तर कहिलेकाँही एउटा सामान गर्दा अर्कै सामान आउँदा खरिदकर्ता भने हैरान हुन्छन ।

भारतको अहमदावादमा पनि यस्तै भएको छ । यशस्वी शर्मा नाम गरेका व्यक्तिले आफ्नो बाबुको लागि अनलाईन सपिङ कम्पनी फ्लिपकार्टमार्फत एक ल्यापटप अर्डर गरेका थिए । कम्पनीले छुट सहित सञ्चालन गरिरहेको विग बिलियन डेज डिल अफरको सदुपयोग शर्दै शर्माले एक ल्यापटप अर्डर गरेका थिए । तर उनको घर आइपुग्यो घडी डिटर्जेन्ट साबुन ।

ल्यापटप अर्डर गर्दा साबुन आएपछि शर्मा छक्कसँगै दिक्क पनि भए । उनले कम्पनीका अधिकारीसँग आफ्नो गुनासो राखे । तर कम्पनीका अधिकारीले गल्ती स्वीकार्न इन्कार गर्दै कुनै पनि सामान डेलिभरी भएपछि पैसा फिर्ता नहुने बताए ।

शर्माले यो कुरा सामाजिक सञ्जालमा राखेपछि अहिले यो विषयले खुब चर्चा पाएको छ । यशस्वी शर्माले डेलिभरी गर्ने व्यक्तीले सामान दिएपछि आफ्ना बाबुले तूरुन्तै जाँच गर्नुपर्नेमा त्यसो नहुनु भने आफ्नो गल्ती भएको बताएका छन् । तर उनले ल्यापटपको ठाउँमा साबुन आइपुगेको कुरा भने सीसीटीभी फुटेजमार्फत पनि एकिन गर्न सकिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved