सोनिया गान्धीसँग माफी माग्दै गहलोत कांग्रेस अध्यक्षको दौडबाट बाहिरिए

नेपालभ्युज

सोनिया गान्धीसँग माफी माग्दै गहलोत कांग्रेस अध्यक्षको दौडबाट बाहिरिए

काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षका लागि गान्धी परिवारले प्रस्ताव गरेका राजस्थानका मुख्मन्त्री अशोक गहलोतले उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

पार्टीका अन्तरिम अध्यक्ष सोनिया गान्धीसँग भेटेर गहलोतले उम्मेदवार नबन्ने बताएका हुन् । बैठकपछि उनले संचारकर्मीसँग आफूले सोनियासँग माफि माग्दै उम्मेदवार नबन्ने निर्णय सुनाएको बताए । अब उनी राजस्थानको मुख्यमन्त्री बन्ने नबन्नेबारे पत्रकारले सोधेको प्रश्नमा यसबारे अध्यक्षले नै फैसला गर्ने बताए ।

यसअघि राहुल गान्धीले पार्टीको आगामी अध्यक्षका लागि गहलोतको नाम प्रस्ताव गरेका थिए । तर त्यसका लागि मुख्यमन्त्री छाड्नुपर्ने शर्त राखेपछि समस्या भएको थियो । राजस्थान कांग्रेसका अधिकांश सांसदले गहलोतलाई हटाउन नहुने मत राखेपछि गान्धी परिवार संकटमा परेको छ ।

कांग्रेसमा अध्यक्षका लागि भोलिसम्म नामाङ्कन गर्नुपर्ने अवधि छ । गान्धी परिवारबाहिरबाट शशी थरुरु प्रतिस्पर्धामा जाने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved