विश्वभर कमिलाको संख्या कति होला ?  सबैलाई छक्क पार्ने अध्ययन सार्वजनिक

अष्ट्रेलिया,जर्मनी र हङकङका अध्ययनकर्ताले विश्वभरका वैज्ञानिकले गरेका ४ सय ८९ अध्ययनलाई आधार मानेर कमिलाको संख्याबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।

नेपालभ्युज

विश्वभर कमिलाको संख्या कति होला ?  सबैलाई छक्क पार्ने अध्ययन सार्वजनिक

काठमाडौं। विश्वभर कमिलाको संख्या कति होला ?  यो प्रश्नको उत्तर सहज छैन । प्रश्न गर्नेलाई नै मुर्ख मानिन्छ। तर पछिल्लो समय एक अध्ययनले कमिलाको संख्या पत्ता लगाएको छ । अष्ट्रेलिया,जर्मनी र हङकङका अध्ययनकर्ताले   विश्वभरका वैज्ञानिकले गरेका ४ सय ८९ अध्ययनलाई आधार मानेर कमिलाको संख्याबारे रिपोर्ट सार्वजनिक गरेका छन् ।

रिपोर्टका अनुसार विश्वभर कमिलाको संख्या २० लाख करोड अर्ब रहेको छ । यसको मतलव २० को पछाडी १५ वटा शून्य । गणितको भाषामा यसलाई २० क्वाड्रिलियन भनिन्छ । कमिलाको संख्या जनसंख्याको तुलनामा २५ लाख गुणा धेरै रहेको पनि अध्ययनलाई उधृत गर्दै भारतीय दैनिक भास्करले जनाएको छ । अहिले विश्वभर मानिसको संख्या सात अर्ब ९० करोड छ ।

अध्ययनमा सबै देशको जमिन तथा रुखमा रहेका कमिलाको संख्या समावेश छ । तर कुन प्रजातिका कमिलाको संख्या कति छ भन्ने अध्ययन भने सम्भव नभएको रिपोर्टले जनाएको छ । १५ हजार भन्दा धेरै प्रजातीका कमिला वैज्ञानिकले पत्ता लगाएका छन् । अहिले विश्वभर भएका कमिलाको संख्या एक दशमलव २ करोड टन रहेको छ । यो सबै जंगली स्तनधारी र चराको भन्दा पनि धेरै हो । जंगली स्तनधारी र चराको वजन ७० लाख टन मात्रै  छ ।

हिउँबाहेक विश्वका सबै क्षेत्रमा कमिला पाइन्छ । तर सबैभन्दा धेरै कमिला गर्मी ठाउँमा पाइन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved