म्यादी प्रहरीमा मागको दोब्बर भन्दा धेरै आवेदन, सबैभन्दा धेरै मधेस प्रदेशमा

१ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

नेपालभ्युज

म्यादी प्रहरीमा मागको दोब्बर भन्दा धेरै आवेदन, सबैभन्दा धेरै मधेस प्रदेशमा
फाइल तश्वीर

काठमाडौं। मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा जागिर खान मागको दोब्बर भन्दा धेरै आवेदन परेको छ ।

१ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

आवेदन दिने म्याद हिजो विहीबार सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

प्रवक्ता राईका अनुसार मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, वाग्मतीबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५०, प्रदेश-१ बाट ३५ हजार ८ सय २६ र काठमाण्डौ उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् । दरखास्त दिने सबैलाई आज शुक्रबार सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved