बिहीबार सेयरमा दोहोरो अंकको गिरावट, ६५ करोडमा खुम्चियो कारोबार

नेपालभ्युज

बिहीबार सेयरमा दोहोरो अंकको गिरावट, ६५ करोडमा खुम्चियो कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर १८ सय ५५ अंकसम्म पुगेको नेप्से परिसूचक त्यसयता निरन्तर घटेर १८ सय ३८ अंकमा आएर रोकिएको हो ।

०.५३ प्रतिशतले परिसूचक घटेको दिन कारोबार रकम पनि घटेको छ । आज २५ लाख ४२ हजार कित्ता सेयर किनबेच भएर ६५ करोड ५७ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, हिजो बुधबारको तुलनामा ७ करोडले कम हो । हिजो नेप्से परिसूचक ११ अंकले बढेको दिन ७२ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये निर्जीवन बीमा कम्पनी समूहमा ५८ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा ४३, जीवन बीमा समूहमा ४१, उत्पादनमूलक समूहमा ३२ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २७ अंकले घटेको छ ।

नेप्से परिसूचक ९ अंकले घटे पनि आज सामलिङ पावर कम्पनीको सेयर मूल्यमा ९.९८ प्रतिशतको सुधार आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved