चोलेन्द्रलाई आफ्नो बयानमा हस्ताक्षर गराउँदै महाभियोग सिफारिस समिति

पूरक प्रश्न सोध्ने कि नसोध्ने भन्नेमा दलहरूबीच मतभिन्नता

नेपालभ्युज

चोलेन्द्रलाई आफ्नो बयानमा हस्ताक्षर गराउँदै महाभियोग सिफारिस समिति

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई उनले गरेको बयानको सम्पूर्ण विवरण वाचन गरेर सुनाई राणालाई हस्ताक्षर गराउने काम सुरु भएको छ।

महाभियोग सिफारिस समितिमा राणालाई पूरक प्रश्न सोध्ने कि नसोध्ने भन्नेमा दलहरुबीच मतभिन्नता भएको छ । बिहान साढे ९ बजेदेखि सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा भइरहेको समितिको बैठकमा सत्तारुढ गठबन्धन दल र एमालेबीच मतभिन्नता भएको हो ।

महाभियोग अन्तर्गत सोधिएको ४३ मुख्य प्रश्न र अन्य सहायक प्रश्नमाथि राणाले गरेको बयानको उत्तर प्रतिवेदनमा हस्ताक्षर गराउने र थप पूरक प्रश्न गर्न एमालेले माग गरेको छ । यता सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले भने बयानको प्रतिवेदनमा राणालाई हस्ताक्षर गरेर थप प्रश्न नगरी अगाडि बढाउन आग्रह गरेका छन् । आजको बैठकमा बयानका लागि राणा बिहान ९ बजे संसद सचिवालय आइपुगेका थिए ।

बैठकमा यसअघि उनले गरेको बयानको सम्पूर्ण विवरण वाचन गरेर सुनाई राणालाई हस्ताक्षर गराउने काम सुरु भएको छ । भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको योजना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved