प्रभु बैंक र नेपाल एलपी ग्याँस उद्योग संघबीच सम्झौता

नेपालभ्युज

प्रभु बैंक र नेपाल एलपी ग्याँस उद्योग संघबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल एलपी ग्याँस उद्योग संघबीच बैंकिङ सेवा विस्तार गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

प्रभु बैंक लि.को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एल. पि. ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीद्घारा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र नेपाल एल.पि. ग्याँस उद्योग संघका बिच सम्पन्न उक्त सम्झौता अनुसार बैंकलेसंघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगम बाट एलपी ग्याँस खरिद र ढुवानी प्रयोजनका लागि Purchase Delivery Order जारी गर्न गैर कोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरू उपलब्ध गराउने साथै नेपाल एलपी ग्याँस उद्योग संघका सम्पूर्ण सदस्यहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त संझौता पश्चात नेपाल एलपी ग्याँस उद्योग संघका सदस्यहरू लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved