चिनियाँ भीआईपीको विरोध जनाउन सक्ने आशंकामा एकजना पक्राउ

नेपालभ्युज

काठमाडौं। चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका यादवले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु सँगको भेटघाट पारदर्शी बनाउन माग गरेका थिए । ली आउनुअघि नै विज्ञप्ति जारी गरेर भेट पारदर्शी नभए विरोध गर्ने चेतावनी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थपेर प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको एकजना प्रहरी अधिकृतले बताए । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनीता शाहले विनयलाई बिनाशर्त रिहा गर्न माग गरेकी छिन् । सोमबार नेपाल आएका ली उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved