सेयर बजारमा ठूलो गिरावट, ७४ करोडमा खुम्चियो कारोबार

नेपालभ्युज

सेयर बजारमा ठूलो गिरावट, ७४ करोडमा खुम्चियो कारोबार

काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्सेसँगे कारोबारमा  गिरावट आएको छ । नेप्से सूचकमा ११ अंकको मात्र गिरावट आए पनि कारोबारमा भने अनपेक्षित गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।

आज १२ वटा उपसूचक ऋणात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ भने आज डेभलपमेन्ट बैंकको उपसूचक १.५३ प्रतिशतले, होटल तथा पर्यटन १.४१ प्रतिशतले, फाइनान्स १.३७ प्रतिशतले र इनभेष्टमेन्ट समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीका सेयरधनीहरुले ४.५६ प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved