काठमाडौंले नदेखेको मन लोभ्याउने मकवानपुरको लटारम्मेश्वर (तस्बिरहरू)

एकातिर यो ठाउँको धार्मिक तथा पौराणिक महत्व त छँदैछ, साथमा प्राकृतिक सुन्दरताका कारण पर्यटकको मन बहलाउने क्षमता पनि लटारम्मेश्वरले राख्दछ ।

काठमाडौंले नदेखेको मन लोभ्याउने मकवानपुरको लटारम्मेश्वर (तस्बिरहरू)

मकवानपुर । देशको राजधानी काठमाडौंबाट नजिकै रहेर पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण लटारम्मेश्वर बत्तीमुनिको अध्यारोजस्तै बनेको छ । मकवानपुरको बकैया गाउँपालिका र भीमफेदी गाउँपालिकाको सिमानामा पर्ने एक धार्मिक तथा पर्यटकीय स्थल हो लटारम्मेश्वर महादेवको मन्दीर । बकैया १२ को ठिंगन र भीमफेदी ८ को ईपा नजिकबाट करिब ३ घण्टा पैदल मार्फत यहाँ पुग्न सकिन्छ । करिब २ हजार मिटर अग्लो डब्लु डाँडामा रहेको लटारम्मेश्वर हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र बनिरहेको छ ।

एकातिर यो ठाउँको धार्मिक तथा पौराणिक महत्व त छँदैछ, साथमा प्राकृतिक सुन्दरताका कारण पर्यटकको मन बहलाउने क्षमता पनि लटारम्मेश्वरले राख्दछ ।

हेटौंडाबाट कान्तिलोकपथ मार्ग हुँदै ४० किलोमिटर उत्तरतर्फ यात्रापछि बकैया गाउँपालिकाको ठिंगन पुगिन्छ । ठिंगन पुग्नुभन्दा ५०० मिटर अगाडि खोरभन्ज्याङबाटै कच्ची बाटो हुँदै रातोमाटे भन्ने ठाउँसम्म दुई पाङ्ग्रे साधनमा पुग्न सकिन्छ ।

रातोमाटेबाट करिब ३ घण्टाको जंगल पैदल यात्रा पश्चात उक्त लटारम्मेश्वर मन्दिर भएको स्थलमा पुगिन्छ ।

हेर्नुहोस् तस्बिरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved