अदालतको शौचालयबाट कैदी फरार

नेपालभ्युज

 अदालतको शौचालयबाट कैदी फरार

दाङ। दाङमा प्रहरीले म्याद थप्न लगेका एक जना बन्दी अदालतको शौचालयबाटै फरार भएका छन् । घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीवार बेलुकी ५ बजेतिर जिल्ला अदालतबाटै फरार भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतले जानकारी दिए।

न्यायाधीशसमक्ष उपस्थित गराउने क्रममा विश्वकर्मा शौचालय गएका थिए । त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेका डीएसपी गौतमले बताए ।

लामो समयसम्म विश्वकर्मा शौचालयबाट नआएपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ नभेटिएपछि अहिले खोजी भइरहेको प्रहरीले बताएको छ ।  फरार भएका विश्वकर्मा सुन चोरी अभियोगमा बुधवार पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved