निहारिका प्रकरण : उच्च अदालत हाजीर भए श्रेष्ठ

नेपालभ्युज

निहारिका प्रकरण : उच्च अदालत हाजीर भए श्रेष्ठ

जनकपुरधाम । जिल्ला प्रहरी  कार्यालय धनुषाबाट  रिहा भएका शिवराज श्रेष्ठ उच्च अदालतमा हाजीर भएका छन् । सोनालीकुमारी सिंह ‘निहारिका’ बाट जन्मेको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्नका लागि बिहिबार  श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका हुन् ।

उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जन्मेको बच्चा  र   शिवराज श्रेष्ठको डीएनए टेष्टको आदेश दिएको थियो ।

निहारिकाले श्रेष्ठले आफूमाथि जबरजस्ती करणी भएको र सो पश्चात बच्चा जन्मेकोले  डीएनए टेष्टको माग गर्दै आएकी छन् ।   श्रेष्ठले आफूहरूबीच माया–प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved