एनआरएनएको विजयी सुरुवात, ३ खेल रद्द

नेपालभ्युज

एनआरएनएको विजयी सुरुवात, ३ खेल रद्द


काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष टी–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा एनआरएनएले विजयी सुरुवात गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको हो ।

वर्षाका कारण प्रभावित भई ढिला सुरु भएको सो खेल ६ ओभरमा सीमित गरिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनएले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो । एनआरएनएका लागि सागर पुनले सर्वाधिक ४६ रन र सुनाम गौतमले २४ रन बनाए ।

सुदूरपश्चिमका लागि शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।
७५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन जोडेका थियो । उसका लागि खडक बोहोराले १२ र राजु रिजालले ११ रज जोडे । एनआरएनएका लागि दीपक क्षेत्री र आशिष पोखरेलले ३–३ विकेट लिन सफल भए । सागर ‘म्यान अफ द म्याच घोषित भए ।

वर्षाका कारण पहिलो दिनको ३ खेल भने रद्द भए । कीर्तिपुरमा हुने दोस्रो खेल बाग्मती प्रदेश र प्रदेश १ को खेल रद्द भयो ।

मूलपानी क्रिकेटमा आयोजना हुने भनिएको मधेश प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल पनि रद्द भएको हो ।
शुक्रबार पनि ४ खेल हुँदैछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा एनआरएनएएपीएफसी बिहान सवा ९ बजे आमने सामने हुनेछन् ।

दोस्रो हुने खेलमा एनपीसी र मधेश प्रदेश भने सवा १ बजे भिड्नेछन् । मूलपानीमा हुने पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेश सवा १ बजे प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश दिउँसो सवा १ बजे आमने-सामने हुनेछन्। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved