साफ महिला च्याम्पियनसिप फुटबल

नेपाली कप्तान भन्छिन्, “गोर्खाली हौँ, अन्तिमसम्म भिड्छौँ”

साफ महिला च्याम्पियनसिप फुटबल भोलि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बने पनि उपाधि जित्न सकेको छैन ।

नेपालभ्युज

नेपाली कप्तान भन्छिन्, “गोर्खाली हौँ, अन्तिमसम्म भिड्छौँ”

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल भोलि मंगलबार काठमाडौंमा सुरु हुँदैछ । सबै टोलीले तयारी पुरा गरेको बताएका छन् ।

यसपटक नेपालले घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको बताएको छ । नेपाली टोलीको कप्तानी एन्जिला तुम्बापो सुब्बालाई दिइएको छ । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि एन्जिलालाई उक्त जिम्मेवारी दिइएको हो । अमृता जैशी उपकप्तान बनेकी छन् ।

काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताइन । उनले भनिन, ‘हामी गोर्खाली हौँ ।अन्तिमसम्म मैदानमा लड्ने छौँ ।  पहिलो पटक उपाधि जित्न सबै प्रयास गर्छौं ।’

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले ७ हप्ताको अभ्यासले टिम राम्रो अवस्थामा रहेको भन्दै बिगतलाई बिर्सिएर अघि बढ्ने बताए । उनले कुनै पनि टिमलाई कम नआँक्ने पनि बताए ।

महिला साफ च्याम्पियनसिप भोलि मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । महिला साफको पाँच संस्करणमा नेपाल चार पटक उपविजेता बने पनि उपाधि जित्न सकेको छैन ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ । यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved