इन्द्रचोक र असनका अनधिकृत संरचना हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम

नेपालभ्युज

इन्द्रचोक र असनका अनधिकृत संरचना हटाउन महानगरले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं।  काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक र भेडासिंमा रहेका मन्दिर र त्यस आसपास क्षेत्रमा नियम विपरीत खुलेका पसल हटाउन महानगरपालिकाले २४ घण्टे निर्देशन दिएको छ ।

यी क्षेत्रमा अवैधरुपमा राखिएका पसल हटाउन यसअघि पनि पटकपटक आग्रह गरे पनि व्यापारीले अटेर गरेका थिए। हिजो आइतबार फेरि २४ घण्टे अल्टिमेटम दिइएको हो ।

निर्देशन अनुसार यस्ता पसलहरु नहटाएमा भोलि नै वडा कार्यालय, नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा हटाइने महानगरले चेतावनी दिएको छ । सम्पदा क्षेत्रमा रहेका नियम विपरीत खोलिएका पसलका कारण महानगरको सौन्दर्य बिग्रेको, पर्यटकमा नराम्रो छाप परेको भन्दै पसल हटाउन लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved