महिलाको खातामा अचानक आयो ७० लाख डलर, घर/सम्पत्ति जोडिन्, त्यसपछि….

नेपालभ्युज

महिलाको खातामा अचानक आयो ७० लाख डलर, घर/सम्पत्ति जोडिन्, त्यसपछि….

सिड्नी। अष्ट्रेलियाकी  थेवामनोगिरी मनीवेलको बैंक खातामा एकाएक ७ मिलियन अर्थात् ७० लाख डलर पैसा एकाएक जम्मा भयो। अचानक ७० लाख डलर आफ्नो खातामा जम्मा भएपछि उनले आफूलाई संसारको सबैभन्दा भाग्यमानी ठानिन् ।

तर अहिले उनी र उनका केही नजिकका साथीहरु समस्यामा परेका छन् । किनकी अष्ट्रेलियाको अदालतले उनको मुद्दामा पैसा फिर्ता गर्नुपर्ने फैसला गरेको छ । यस बाहेक उनीहरूले यसका लागि ब्याज र कानुनी कारबाही शुल्क पनि तिर्नुपर्नेछ।

यो घटनाको सुरुवात सन् २०२१ मा सुरु भयो जब क्रिप्टो डटकमले मनीवेलको खातामा एक सय अस्ट्रेलियन डलरको पेन्डिङ भुक्तानीको लागि लेनदेन गर्‍यो।

तर मेलबर्न सहरमा बस्ने मनिवेलले १०० डलरको सट्टा १ करोड ४७ लाख ४ हजार १४३ अष्ट्रेलियन डलर (करिब ७० लाख अमेरिकी डलर) पाइन् । अस्ट्रेलियाली मिडियाका अनुसार यो गल्ती लेनदेन गर्ने एक व्यक्तिले व्यक्तिको मानवीय त्रुटि थियो। जहाँ उनले रकम राख्न चाहेको खाताको ठाउँमा मनिवेलको खाता नम्बर राखेका थिए।

मनिवेलले ७० लाख डलर के गरिन् ?

मनीवेल एकै क्षणमा करोडपति बनेकी थिइन् र यो पैसा व्यवस्थापन गर्न उनीसँग समयको कमी थिएन।दकेही महिनामा यी महिलाले खातामा रहेको पैसाको ठूलो हिस्सा आफ्नो साथीसँगको संयुक्त खातामा पठाइन् ।

यस्तै आफ्नी छोरीको खातामा करिब तीन मिलियन डलर राखिन् र मेलबर्नको उत्तरमा एउटा घर पनि किनिन् । उनले यो घर मलेसियामा बस्ने आफ्नी बहिनी थिलगावथी गंगादारीको नाममा किनेकी हुन् । चार कोठा, चार बाथरुम, सिनेमा कोठा, जिम र डबल ग्यारेज भएको घर ५०० वर्ग मिटरमा बनेको थियो र त्यसको मूल्य १३ दशमलव ५ मिलियन डलर थियो।

तर सात महिनापछि मनिवेल छाँगाबाट खसेजस्तै भइन, जतिबेला फोन कलमा क्रिप्टो डटकमका एक व्यक्तिले भुलवस गलत खातामा गएको पैसा माग गरे । अहिले मनिवेल समस्यामा परेकी छिन् ।

अष्ट्रेलियाको भिक्टोरिया प्रान्तको सर्वोच्च अदालतका न्यायाधीश जेम्स इलियटले शुक्रबार भनेका छन्, ” क्रिप्टोले भुलवस् रकम पठाएको सात महिनापछि यो ठूलो गल्तीको बारेमा थाहा पाएको जस्तो देखिन्छ।”

अदालतले निवेदकको पक्षमा फैसला गर्दै सम्पूर्ण रकम मात्र नभई त्यसको ब्याज र कानुनी खर्च समेत फिर्ता गर्न आदेश दिएको छ । अदालतले गल्तीले पैसा मनिवेलको खातामा पैसा पुगेको प्रमाणित भएपछि मनिवेलकी बहिनीले पनि घर बेच्नुपर्ने आदेश दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved