सेयर बजारमा एकल अंकको सुधार, १ अर्ब ७ करोडको कारोबार

नेपालभ्युज

सेयर बजारमा एकल अंकको सुधार, १ अर्ब ७ करोडको कारोबार

काठमाडौं । आइतबार सेयर बजारमा एकल अंकको सुधार भएको छ । आज  नेप्से ६.६८ अंक (०.३४ प्रतिशत) ले बढेर १९७७.३० अंकमा बन्द भएको छ । नेप्सेमा सुधार हुँदा होटल तथा पर्यटन उत्पादन तथा प्रशोधन अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा सुधार भएको छ ।

नेप्से सुधारोन्मुख भएपनि कारोबार रकम भने १ अर्ब ७ करोडमा सीमित भएको छ । गत शुक्रबार दुई घण्टाको लागि मात्रै सञ्चालन हुँदा करिब ७० करोड र बिहीबार १ अर्ब ३८ करोडको कारोबार भएको थियो ।

तर, आइतबार नेप्सेमा २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावर कम्पनीको सर्वाधिक ८ करोड ९१ लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ६ करोड ५३ लाख ३७ हजारको कारोबार र नबिल बैंकको ६ करोड ३० लाख ५० हजारको कारोबार भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved