अमेरिकामा चोरीको हवाई जहाज जानाजान दुर्घटना गराउने धम्की, पाइलट पक्राउ

चोरी भएको हवाई जहाजलाई घण्टौंसम्म घुमाएर वालमार्ट स्टोरमा जानाजानी दुर्घटना गराउने धम्की दिने एक पाइलटलाई विमान सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको एनडीटीभीले जनाएको छ ।

नेपालभ्युज

अमेरिकामा चोरीको हवाई जहाज जानाजान दुर्घटना गराउने धम्की, पाइलट पक्राउ
फाइल तश्वीर

काठमाडौं। संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी मिसिसिपीको टुपेलो सहरमा हवाई जहाज चोरेर उडाउने र दुर्घटनाको धक्की दिने व्यक्ति पक्राउ परेका छन् ।

चोरी भएको हवाई जहाजलाई घण्टौंसम्म घुमाएर वालमार्ट स्टोरमा जानाजानी दुर्घटना गराउने धम्की दिने एक पाइलटलाई विमान सुरक्षित रूपमा अवतरण गरेपछि हिरासतमा लिइएको एनडीटीभीले जनाएको छ ।  मिसिसिपीका गभर्नर टेट रिभ्सले स्थिति समाधान भएको र कोही पनि घाइते नभएको बताएका छन् । एक व्यक्तीले जहाज नै चोरी गरेर उडाएका थिए ।

धेरैबेरसम्म जहाज उडाएपछि उनले जहाजलाई एक सुपर मार्केटमा लगेर ठोक्काइदिने धम्की दिएका थिए ।उनले धम्की दिएपछि प्रहरीले एम्बुलेन्स, दमकल, उद्दारकर्ता लगायत सबै स्रोत साधन तयारी अवस्थामा राखेको थियो । बिचक्राफ्ट किंग एयर ९० विमान पाँच घण्टाभन्दा बढी समयसम्म उडेको थियो जसलाई प्रहरीले खतरनाक अवस्था भनेर वर्णन गरेको छ।

पाइलटको धम्कीपछि टुपेलो प्रहरी विभागले सबै स्पष्ट नभएसम्म नागरिकहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको थियो । स्थानीय पत्रिका डेली जर्नलले उक्त विमानका पाइलट टुपेलो क्षेत्रीय विमानस्थलका कर्मचारी रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved