अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा

अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा
फाइल तस्वीर

पाल्पा ।  बिहीबारदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा भासिएको सडक मर्मतपश्चात् अहिले एकतर्फी रूपमा सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा बिहीबार दिउँसोदेखि सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माणपश्चात् केही समय एकतर्फी चलेको सडक अविरल वर्षाका कारण पुनः अवरुद्ध भएको थियो । आज अपराह्नदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हिउँदेखोला क्षेत्रमा करिब ४० मिटर जमिनसहित सडक भासिएर बिहीबारदेखि नै राजमार्ग ठप्प बनेको हो । पहिरो खसिरहेकाले यस क्षेत्रमा जोखिम बढेको छ । सडक खुल्न थालेपछि बीच बाटोमै रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । यही सडक भएर बुटवल, भैरहवा, पोखरा, गुल्मी, स्याङ्जा, पाल्पालगायत जिल्लामा सवारी साधन गुड्ने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved