नागढुङ्गाबाट लागुऔषधसहित एकजना पक्राउ

नेपालभ्युज

काठमाडौं। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मिपुर पतारी गाउँपालिका–५ बस्ने २६ वर्षीय प्रगास यादव छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नाइट्राभेट ८ सय ९७ ट्याब्लेट, डाइजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन ५२ एम्पुल र फेनारगन ५२ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ८०८९ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा प्रगासलाई झोलामा लुकाई ल्याएको अवस्थामा उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved