‘झिँगेदाउ’ भर्सेज ‘सम्हालिन्छ कहिले मन’ : कसले कमाउला बढी ?

नेपालभ्युज

‘झिँगेदाउ’ भर्सेज ‘सम्हालिन्छ कहिले मन’ : कसले कमाउला बढी ?

काठमाडौं । आज शुक्रबारबाट एकसाथ दुई फिल्म सार्वजनिक प्रदर्शनमा आएका छन् । ती हुन् ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ । दुवै फिल्म फ्राइडे रिलिज अन्तर्गत एकसाथ प्रदर्शनमा आएको हो । फरक विषयवस्तुमा बनेको दुवै फिल्म राम्रो भएको  निर्माण युनिटको दाबी छ ।

भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको फिल्म ‘झिँगेदाउ’ पारिवारिक कथामा निर्माण भएको फिल्म हो । जसको निर्देशन ज्ञानेन्द्र देउजाले  गरेका हुन् । अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम लगायतको अभिनय रहेको फिल्ममा केकी र आँचल देउरानी जेठानीको भुमिकामा देखिएका छन् ।

यसैगरी, अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको ‘सम्हालिन्छ कहिले मन’ कोरोना महामारी अगाडि निर्माण भएको र पटकपटक रिलिज मिति सर्दै आएको फिल्म हो । जसको निर्देशन सुदर्शन थापाले गरेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको हो । फिल्ममा पूजा र आकाशका अलावा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य लगायत कलाकारको मुख्य अभिनय छ । फिल्मबाट अभिनेताको रूपमा सोनम तोप्देनले डेब्यू गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved