बस दुर्घटना, १० कर्मचारी घाइते

बस दुर्घटना, १० कर्मचारी घाइते

तनहुँ ।  दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ग१ख ४०२३ नम्बरको बस पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेकाले अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved