ईपीएल: बर्नमाउथको पोष्टमा लिभरपुलको नौ गोल, आर्सनलको अपराजित यात्रा कायमै

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार रातीका खेलमा म्यानचेस्टर युनाइटेड चेल्सी ब्राइटन म्यानचेस्टर सिटी, लिभरपुल  र आर्सनल विजयी भएका छन् ।

नेपालभ्युज

ईपीएल: बर्नमाउथको पोष्टमा लिभरपुलको नौ गोल, आर्सनलको अपराजित यात्रा कायमै

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार रातीका खेलमा म्यानचेस्टर युनाइटेड चेल्सी ब्राइटन म्यानचेस्टर सिटी, लिभरपुल  र आर्सनल विजयी भएका छन् । म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई १-० गोलले हरायो । उसका लागि फर्नान्डेजले गोल गरे । युनाइटेड ६ अंकसहित सातौँ स्थानमा छ ।

अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हरायो । २८ मिनेटमा रातो कार्ड खाएर एक खेलाडी बाहिरिएपछि १० खेलाडीमा सिमित भएको चेल्सीले लेस्टरलाई २-१ गोलले हरायो । चेल्सीका लागि दुवै गोल रहीम स्ट्रलिङ्ले गरे । चेल्सी सात अंकसहित छैठौँ र लेस्टर १ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

अर्को खेलमा ब्राइटनले लिड्स युनाइटेडलाई १-० गोलले हराउँदै १० अंकका साथ तेस्रो स्थानमा पुगेको छ ।

शनिबार रातीको अर्को खेलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोलले हरायो । सिटीको जितमा इर्लिङ् हालान्डले ह्याट्रिक गरे भने सिल्भाले एक गोल गरे । क्रिष्टल प्यालेसका जोएचिमले गोल गरे भने सिटीका जोन स्टोनले आत्मघाती गोल गरे । सिटी १० अंकहित दोस्रो र क्रिष्टल प्यालेस ४ अंकसहित १३ ‍औँ स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ९-० को विशाल अन्तरले हरायो । खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मिनेटमा इलियोटले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । खेलको २८ औं मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता ३-० को बनाए । ३१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमको अग्रता ४-० को बनाए । खेलको ४५ औं मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५-० ले अघि रह्यो । खेलको ४६ औं मिनेटमा क्रिसले आत्मघाती गोल गर्दा लिभरपुल ६-० ले अघि रह्यो ।

६२ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७-० को अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८-० ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९-० को जित दिलाए । जितपछि लिभरपुल ५ अंकसहित आठौं स्थानमा छ । बर्नमाउथ १६ औँ स्थानमा छ । ब्रेन्टफोर्ड र एभर्टनले बराबरी खेलेका छन् ।

राती नै भएको खेलमा आर्सनले फुलहमलाई २-१ गोलले हरायो । उसका लागि ओडेगार्ड र ग्याब्रियलले गोल गरे । आर्सनलले चार वटामा चार वटै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved