सेयर बजारमा दोहोरो अङ्कको गिरावट

नेपालभ्युज

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अंकले घटेर तीन सय ९१ दशमलव ७४ मा सीमित भएको छ । कुल दुई सय १३ कम्पनीका ३५ लाख ८८ हजार आठ सय ३३ कित्ता सेयर रु एक अर्ब २९ करोड ४८ लाख ३२ हजार आठ सय २० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूहको सेयर मूल्यमा मात्रै आज वृद्धि भएको छ । सो उपसमूहको सेयर ३४ दशमलव ११ अङ्कले उकालो लाग्यो ।

त्यस्तै, बैंकिङ नौ दशमलव सात, व्यापार ३८ दशमलव ९१, होटल तथा पर्यटन चार दशमलव शून्य पाँच, विकास बैंक ४७ दशमलव ६९, जलविद्युत् ४० दशमलव ६६, वित्त ३३ दशमलव १७, निर्जीवन बीमा ५६ दशमलव ७९, उत्पादन ५४ दशमलव ६८, अन्य छ दशमलव ७५, लघुवित्त ४१ दशमलव ४१, सामूहिक लगानी कोष शून्य दशमलव शून्य एक र लगानी शून्य दशमलव ६९ अङ्कले ओरालो लाग्यो ।

शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९८ अर्ब २६ करोड छ लाख ४८ हजार एक सय १५ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved