निहारिकालाई मधेश प्रदेशले ५ लाख सहयोग गर्ने

आफूलाई ‘कुमारी आमा’ बताउने निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नेपालभ्युज

निहारिकालाई मधेश प्रदेशले ५ लाख सहयोग गर्ने

काठमाडौं। आफूलाई ‘कुमारी आमा’ बताउने निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

आरोपी शिवराज श्रेष्ठ र आफ्ना छोराको डिएनए परीक्षण हुनुपर्ने मागसहित कानूनी लडाइ लडिरहेकी उनलाई मधेश सरकारले सहयोग गर्ने भएको हो।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मधेश प्रदेशको अर्थमन्त्री शैलेन्द्र साहले निहारिकालाई पाँच लाख दिने निर्णय भएको जानकारी गराएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved