काठमाडौं। सेयर बजार आज बिहीबार १८ अंकभन्दा धेरैले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अंकले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको सेयर उच्च अंकले घटेको छ ।
नेप्से सूचक दोहोरो अंकले घटेको दिन दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता सेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको सेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको सेयर १० प्रतिशत र रुरु हाइड्रोको सेयर झन्डै नौ प्रतिशतले बढेको छ ।
Facebook Comment
Comment