महानगरको 'एक्सन'

मेयर बालेन भन्छन्, ‘अवैध संरचना हटाएरै छाड्छु, जिल्ला अदालतको पार्किङ पनि खाली गराउँछु’

काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन खटिएका बालेनले संचारकर्मीसँग कुरा गर्दै जिल्ला अदालतको पार्किङ पनि खाली गराउने बताएका हुन् । उनले अवैध संरचना बनाउने साना- ठूला कसैलाई पनि नछाड्ने बताए ।

नेपालभ्युज

मेयर बालेन भन्छन्, ‘अवैध संरचना हटाएरै छाड्छु, जिल्ला अदालतको पार्किङ पनि खाली गराउँछु’
तश्वीर: मेयर बालेन शाहको फेसबुक पेज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जिल्ला अदालतको पार्किङ पनि खाली गराउने बताएका छन् । मेयर शाहले महानगरभित्र रहेका सबै अवैध संरचना हटाएरै छाड्ने बताए ।

काठमाडौंको न्युरोड क्षेत्रमा अवैध संरचना हटाउन खटिएका बालेनले सञ्चारकर्मीसँग कुरा गर्दै जिल्ला अदालतको पार्किङ पनि खाली गराउने बताएका हुन् । उनले अवैध संरचना बनाउने साना-ठूला कसैलाई पनि नछाड्ने बताए । बालेनले भने, ‘काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ,अवैध संरचना जसले बनाएको भए पनि कानुनको दायरामा ल्याइन्छ ।’

बबरमहलमा रहेको जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङ प्रयोगमा नआउँदा व्यस्त सडकको फुटपाथमै सवारी साधन पार्किङ हुने गरेको छ । पार्किङ खाली गराउने महानगरले अदालतलाई पत्र पठाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved