सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेपालभ्युज

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेश्रो दिन सेयर बजारमा सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम भने घटेको छ । सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएकोमा मंगलबार कारोबार रकम झनै घटेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।

दिनभर बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै, ७१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved