भारतमा बाढीपहिराेबाट ३६ काे मृत्यु, ४ लाख मानिस प्रभावित

एकै परिवारका ८ जनाको मृत्यु

नेपालभ्युज

भारतमा बाढीपहिराेबाट ३६ काे मृत्यु, ४ लाख मानिस प्रभावित
फाइल फोटो

नयाँदिल्ली । भारतको हिमाञ्चल प्रदेशमा गत शुक्रबारदेखि निरन्तर परेको वर्षाले कम्तिमा ३६ जनाको मृत्यु भएको छ । अन्य राज्यहरूमा पनि बाढी पहिरोमा पनि अरू १२ जनाभन्दा बढी मानिसको मृत्यु भएको छ । हिमाञ्चलमा ज्यान गुमाउनेहरूमा एकै परिवारका ८ जना समेत रहेका छन् ।

सो राज्यका दर्जनौं मानिस बेपत्ता भएका छन् । त्यस्तै, उत्तराखण्डमा ४ जनाको मृत्यु भएको र १० जना हराइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उडिसा र झारखण्डमा पनि बाढी पहिरोले व्यापक क्षति गरेको छ । उडिसामा ४ लाख मानिस प्रभावित भएको जनाइएको छ ।

वर्षाबाट प्रभावित राज्यहरूमा साढे सात सय बढी सडकमा क्षति पुगेको र आपूर्ति व्यवस्थासमेत अवरुद्ध भएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved