सुनको मूल्यमा ३०० रुपैयाँले गिरावट,चाँदीको कति ?

नेपालभ्युज

सुनको मूल्यमा ३०० रुपैयाँले गिरावट,चाँदीको कति ?

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको बजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० र तेजाबी सुनको मूल्य ९५ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १ हजार १९५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved