स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित ३ जना पक्राउ

नेपालभ्युज

काठमाडौं । काठमाडौंको नरदेवी क्षेत्रबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेकसहित तीनजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका २४ वर्षीय सुदीप आचार्य रहेका छन् ।

उक्त क्षेत्रमा गैरकानुनीरूपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रुपैँया र चेकसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved