ओली चढेको हेलिकोप्टर खराब मौसमका कारण सिमरामा आकस्मिक अवतरण

केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराब भएपछि गन्तव्यमा जान नसकेर सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

नेपालभ्युज

ओली चढेको हेलिकोप्टर खराब मौसमका कारण सिमरामा आकस्मिक अवतरण
फाइल फोटो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। मौसम खराब भएपछि गन्तव्यमा जान नसकेर सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने आउने क्रममा सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।

अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकोप्टरलाई सिमरामै सुरक्षित अवतरण गरिएको बताइएको छ।

हेलिकप्टर उड्न नसके ओली सडकमार्ग भएर गौर पुग्न लागेको उनको सचिवालयले जनाएको छ। हेलिकप्टरमा ओलीसहित उनका सहयोगी र केही एमाले नेता थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved