आईसीसीद्वारा पुरुषतर्फ उत्कृष्ट खेलाडीका लागि मनोनयन सार्वजनिक

नेपालभ्युज

आईसीसीद्वारा पुरुषतर्फ उत्कृष्ट खेलाडीका लागि मनोनयन सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पुरुषतर्फ उत्कृष्ट खेलाडीका लागि मनोनयन सार्वजनिक गरेको छ।

आईसीसीले बुधबार पुरुषतर्फ जुलाई महिनाको लागी उत्कृष्ट खेलाडीको नाम  सार्वजनिक गरेको हो ।  मनोनयनमा पर्नेमा इङ्लिस ब्याटर जोनी बेयरिस्टो, श्रीलंकन स्पिनर प्रवथ जयसुरिया र फ्रेन्च युवा स्टार गस्टभ म्याकियोन  रहेका छन् ।

बेयरस्टो जुन २०२२ को आईसीसी पुरूष प्लेयर अफ द मन्थको विजेता हुन् । इङ्ग्ल्यान्डलाई भारतविरुद्धको पुन: निर्धारित पाँचौं टेस्ट जिताउन महत्त्वपूर्ण भूमिका खेलेका उनले पहिलो एकदिवसीय खेलमा ६३ रन बनाएका थिए। उनले पहिलो टी–२० आईमा ५३ बलमा ९० रन बनाए। उनले बाँकी दुई खेलमा ३० र २७ को स्कोर बनाए।

श्रीलंकाका बायाँ हाते स्पिनर जयसूर्याको  उत्कृष्ट बलिङसँगै श्रीलंकाले गालेमा अस्ट्रेलियाविरुद्ध ३९ रनले पराजित गरेको थियो। उनले पाकिस्तानविरुद्ध तीन टेस्ट खेलमा चौथो पाँच विकेट लिएका थिए।

यस्तै  फ्रान्सेली स्टार म्याकियोनले टी– २० विश्वकप २०२४ युरोप क्वालिफायरमा डेब्यू गरेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चामा रहे ।  चेक गणतन्त्रविरुद्धको आफ्नो डेब्यु खेलमा उनले ५४ बलमा मात्र ७६ रन बनाएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved