ताइवान पुगेर अमेरिकी सभामुखले भनिन्- ताइवानी नागरिकलाई अमेरिकी ऐक्यबद्धताको खाँचो छ

ताइवान पुगेकी अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानी नागरिकलाई अमेरिकी ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन्।

नेपालभ्युज

ताइवान पुगेर अमेरिकी सभामुखले भनिन्- ताइवानी नागरिकलाई अमेरिकी ऐक्यबद्धताको खाँचो छ

काठमाडौं। ताइवान पुगेकी अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानी नागरिकलाई अमेरिकी ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन्।

२ करोड २३ लाख मानिसलाई अमेरिकी ऐक्यबद्धताको खाँचो रहेको बताएकी हुन्।

मंगलबार राति एयर फोर्सको जहाजमा ताइवानको राजधानी ताइपेई पुगेपछि केहीबेरमा ट्विट गर्दै पेलोसीले आफ्नो प्रतिनिधि मण्डलको ताइवान भ्रमणले ताइवानको गतिशील प्रजातन्त्रलाई सहयोग गर्ने अमेरिकी प्रतिवद्धताको सम्मान भएको बताएकी छन्।

उनले भनेकी छन्, ’ताइवानको नेतृत्वसँगको हाम्रो छलफल सहयात्रीलाई हामीले गर्ने सहयोगको प्रतिवद्धतालाई दोहो¥याउने, इन्डो–प्यासेफिक क्षेत्रलाई खुला र स्वतन्त्र बनाउनेलगायत साझा हितका विषयमा केन्द्रित हुनेछ। ’

उनले आफ्नो भ्रमण अमेरिकाले अहिलेसम्म अवलम्बन गरिरहेको नीतिविरूद्ध नरहेको पनि बताएकी छन्।

’हाम्रो भ्रमण अमेरिकी संसदीय प्रतिनिधि मण्डलका भ्रमणमध्ये एउटा हो। र, यो ताइवान रिलेसन एक्ट १९७९ विरूद्धमा छैन,’ उनले भनेकी छन्,’यथास्थितिलाई एक पक्षीय रूपमा परिवर्तन गर्न खोज्ने प्रयासको अमेरिका सधैँ विरोध गर्छ।’

पेलोसी पछिल्ला २५  वर्ष ताइवान जाने पहिलो अमेरिकी सभामुख हुन्। सन् १९९७ को मार्चमा तत्कालिन अमेरिकी सभामुख न्युट गिन्ग्रिजले ताइवान भ्रमण गरेका थिए।

चीनले भने पेलोसीको भ्रमणको कडा शब्दमा निन्दा गरेको छ। पेलोसी ताइपेईमा उत्रिएपछि विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले उनको यो कदम निकै खतरापूर्ण भएको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved