खोटाङ भूकम्प- दर्जनभन्दा बढी घर चर्किए, मानिस र पशु चौपाया सुरक्षित

जिल्ला प्रहरी कार्यालयले खोटाङ र भूकम्पको केन्द्रबिन्दु साकेला गाउँपालिकाले मध्यान्न साढे १ बजेसम्मको अनुगमनमा कुनै पनि क्षति नभेटिएको बताएको हो। भूकम्पले क्षति पुगे\नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म दर्जन बढी घर चर्किएको विवरण मात्र आएको बताइएको छ।

नेपालभ्युज

खोटाङ भूकम्प- दर्जनभन्दा बढी घर चर्किए, मानिस र पशु चौपाया सुरक्षित
भूकम्पको इपिसेन्टर रहेको खोटाङको साकेला

काठमाडौं। खोटाङमा ६ म्याग्निच्युडको भूकम्प गए पनि अहिलेसम्म धनजनको क्षति भएको जानकारी आएको छैन। जिल्ला प्रहरी कार्यालयले खोटाङ र भूकम्पको केन्द्रबिन्दु साकेला गाउँपालिकाले मध्याह्न साढे १ बजेसम्मको अनुगमनमा कुनै पनि क्षति नभेटिएको बताएको हो।

भूकम्पले क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म दर्जन बढी घर चर्किएको विवरण मात्र आएको बताइएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला ५, मात्तिम बिर्ता केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो हालसम्मकै शक्तिशाली भूकम्प भएको भूकम्प मापन गरिएकाले क्षति भएको हुनसक्ने आकलन गरिएको थियो।

साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाका केही घर चर्किएका पाइएको खोटाङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताए।

भूकम्पको इपिसेन्टर रहेको खोटाङको साकेला

‘‘भूकम्प जानासाथ प्रभावित क्षत्रमा नेपाल प्रहरी, नेपाली सेना र विपद् व्यवस्थापनको टोली खटिएको छ। तर, मानवीय र पशुचौपाय क्षतिको विवरण आएको छैन। दर्जन बढी घरहरू चर्किएको खबर आएको छ,’’ उनले नेपालभ्युजसँग भने।

अहिले जनप्रतिनिधिहरू भूकम्पको केन्द्रबिन्दु भएको साकेला ५, मात्तिम बिर्तामा अनुगमनमा निस्किएका छन्। साकेला गाउँपालिकाकाका अध्यक्ष रवि प्रकाश राईले नेपालभ्युजसँग भने, ‘‘हामी जनप्रतिनिधिहरू बिहानैदेखि भूकम्पको इपिसेन्टरमै अनुगमनमा छौँ। क्षतिको विवरण भेटिएको छैन।’’

भूकम्पको इपिसेन्टर रहेको खोटाङको साकेला ५ मात्तिम बिर्ताको नक्सा। स्रोत- गुगल म्याप

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved