साफ च्याम्पियनसिप दुई समूहमा विभाजन : नेपाल समुह ‘बी’ मा

शनिबार गरिएको समुह विभाजन अनुसार नेपाल सहज मानिएको समूह ‘बी’ मा परेको छ ।

नेपालभ्युज

साफ च्याम्पियनसिप दुई समूहमा विभाजन : नेपाल समुह ‘बी’ मा

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरेको छ ।

प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको साफले जनाएको छ । शनिबार गरिएको समुह विभाजन अनुसार नेपाल सहज मानिएको समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा श्रीलंका र भुटान परेका छन्।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप आगामी भदौ २१ देखि असोज ३ गतेसम्म हुने भएको छ ।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

अहिले नेपाली टोली मुख्य प्रशिक्षक कुमार थापाको बन्द प्रशिक्षणमा छ ।

प्रशिक्षणमा ५८ खेलाडी सहभागी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved