औषधि खरिदमा अनियमितता भएको छैन : स्वास्थ्य सेवा विभाग

नेपालभ्युज

औषधि खरिदमा अनियमितता भएको छैन : स्वास्थ्य सेवा विभाग

काठमाडौं । औषधि तथा उपकरण खरिदमा अनियमितता भएको भन्ने विषयको स्वास्थ्य सेवा विभागले खण्डन गरेको छ । स्वास्थ्य सेवा विभागको औषधि खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियासँग मंगलबार स्पष्टीकरण सोधेका थिए ।

तर, प्रमुख चौरसियाले कुनै गलत नगरेको दाबी गरेका थिए । करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिद गर्दा कुनै अनियमितता नभएको विभागले दाबी गरेको छ । विभागद्वारा खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ अनुसार नै भएको विभागले प्रस्ट पारेको छ ।

आर्थिक वर्ष २०७८–७९ मा १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतको खरिद प्रक्रिया सुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विभागले जनाएको छ ।

समाचारहरूमा उल्लेख गरिएजस्तो १० अर्बको नभई २ अर्ब ४५ करोड अनुमानित लागतमा खरिद प्रक्रिया सुरु गरी करिब १ अर्ब ९३ करोडको खरिद सम्झौता भएको विभागले जनाएको छ ।

विभागले कुनै पनि एक फर्मसँग मात्र खरिद कार्य गरेको, आर्थिक हिनामिना गरेको भन्ने कुरामा पनि सत्यता नरहेको विभागको जारी विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved