एजेन्सी । आँखा शरीरको एकदमै संवेदनशील अंगमध्ये एक हो । लामो समय कम्प्यूटर तथा मोबाइल स्क्रीनको अगाडि बसिरहँदा आँखा एकदमै कमजोर हुन थाल्छन् ।
तपाईंले दूधसँग केही चीज मिसाएर सेवन गर्न सक्नुहुन्छ, जसले आँखामा चस्मा लगाउने अवस्था आउँदैन-
सोंफ एन्टीअक्सीडेन्ट, भिटामिन ‘ए’ र पोटाशियम जस्ता गुणले भरपूर हुन्छ । यसको सेवनले कोर्नियालाई स्वस्थ बनाइराख्छ । यसलाई दूधमा राखेर दैनिक रूपमा पिउन सकिन्छ ।
गुड एउटा प्राकृतिक गुलियो हो । यसमा कयौं त्यस्ता गुण पाइन्छन्, जसले तपाईंको आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । यसको सेवन दूधसँग गर्दा आँखाको लागि राम्रो हुन्छ ।
बदामलाई भिटामिन ईको राम्रो स्रोत मानिन्छ । जो एउटा एन्टीअक्सीडेन्ट पनि हो, जसले आँखामा हुने तनावबाट बचाउँछ । दैनिक दूधसँग बदामको सेवनले तपाईंका आँखा तेज हुन्छन् ।
अश्वगन्धा एक आर्युवेदिक जडीबुटी हो । यसमा एन्टी इन्फ्लामेटरी र एन्टीअक्सीडेन्ट गुण हुन्छन् । जसले आँखाको रोशनीमा सुधार ल्याउँछ । आँखासँग जोडिएका समस्या पनि कम हुँदै जान्छ ।
भिटामिन ई र जिंक जस्ता गुणले भरपूर ओखरको सेवन आँखाको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । यसलाई दूधसँग मिसाएर पिउँदा आँखाको रोशनी राम्रो भइरहन्छ ।
सूर्यमुखीको बीजमा भिटामिन ई हुन्छ, जसले बढ्दो उमेरमा पनि आँखाको रोशनी कमजोर हुन दिँदैन । यसको सेवन तपाईं दैनिक रूपमा दूधमा मिसाएर गर्न सक्नुहुन्छ ।
Facebook Comment
Comment