दोलखाको मालुखोलामा बाढी–पहिरो, १५ भन्दा बढी घरमा क्षति

नेपालभ्युज

दोलखाको मालुखोलामा बाढी–पहिरो, १५ भन्दा बढी घरमा क्षति

काठमाडौं। दोलखाको तामाकोसी बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ। आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोलामा आएको बाढीले  मालुखोला बजारका घरहरूमा क्षति पुर्‍याएको दोलखाका प्रहरी प्रमुख गङ्गाप्रसाद पौडेलले बताए।

बस्तीमाथिबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको पौडेलले जानकारी दिए।
बाढी पसेर क्षति गरेका घरबाट स्थानीयलाई उद्धार तथा सामान सार्ने काम भइरहेको तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले बताए। बाढीले बेशीका दर्जन घरमा क्षति पुर्‍याएको जनाइएको छ।

थप क्षतिबाट जोगाउन उनीहरूलाई सुरक्षित स्थानमा लागिएको अध्यक्ष केसीले जानकारी दिए।
बाढीले क्षति पुर्‍याएपछि पुष्पलाल राजमार्गको मालुखोला क्षेत्रमा यातायात अवरुद्ध बनेको छ। ११ केभीको विद्युत् प्रसारण लाइनमा समेत बाढीले क्षति गरेपछि तामाकोसी, मेलुङलगायत क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved