डुम्रे-बेँसीशहर सडक पुनः अवरुद्ध

आकस्मिक कामका लागि बेँसीशहरबाट काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन्।

नेपालभ्युज

डुम्रे-बेँसीशहर सडक पुनः अवरुद्ध
फाइल तश्वीर

लमजुङ। निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीशहर सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो।

रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

“अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ,” रेग्मीले भने।

आकस्मिक कामका लागि बेँसीशहरबाट काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन्।

गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ। लेदोसमेत बगिरहेको छ।

पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीशहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ। यस सडकको दूरी ४२ किलोमिटर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved